२ घण्टा ढिला गरि संसद बैठक सुरु, एमालेको विरोध कायमै

लोकपथ
84
Shares

काठमाडौं । २ घण्टा ढिला गरि प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो विरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजनाका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?