काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमति निर्णय गरेको छ ।
आज बसेको एसको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणालाई समर्थन जनाउँदै एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
बिहान बसेको गठबन्धनको सहमति अनुसार एसले एमसीसीका बारेमा निर्णय लिएको एसकी नेतृ समेत रहेकी मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
यसअघि माओवादी केन्द्रले पनि एकीकृत पनि एमसीसीका विषयमा व्याख्यात्मक टिप्पणीसहित पक्षमा उभिने निर्णय गरेको थियो । त्यसलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीलाई अनुसरण गरेर एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएको थियो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया