आर्यन र साम्राज्ञीको ‘कायरा’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । एक जमानाका चकलेटी अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर निर्माण गरिएको चलचित्र ‘कायरा’ ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम गरी पत्रकार तथा अतिथिलाई ट्रेलर देखाइए पनि युट्युबमा भने आज मात्रै सार्वजनिक भएको हो ।

लभ स्टोरी जानरामा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञीको जोडीलाई देख्न सकिन्छ । दुई मिनेट सतचालीस सेकेन्ड लामो ट्रेलरमा आर्यन र साम्राज्ञीलाई मात्र फोकस गरिएको छ ।
केदार भुसालको पटकथा र संवाद रहेको यो फिल्मलाई लक्ष्मण रिजालले निर्माण तथा निर्देशन गरेका हुन् ।

फिल्ममा कथा आर्यन सिग्देलको छ । फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेष शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र साउन १८ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?