चीन भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे संसदलाई जानकारी दिने भएका छन् । 

सोमबार बस्ने प्रनितिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै चीन भ्रमणबारे संसदलाई जानकारी दिने भएका हुन् । 

प्रधानमन्त्री ओलीले ६ दिने औपचारिक चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो २ बजे संसदलाई सम्बोधन गर्ने समय तय भएको छ । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जनभन्दा बढी विषयमा सहमति गरेका थिए । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने भएपनि प्रधानमन्त्री ओलीले भने २ बजेमात्रै सम्बोधन गर्नेछन् । 

सरकार प्रमुख विदेश भ्रमणमा जानुअघि र फर्केपछि संसदलाई जानकारी गराउने परम्परा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?