२० मङ्सिर २०८०, बुधबार

सभासद् उम्मेदवारसहित फोरम लोकतान्त्रिकको क्षेत्रीय समिति माओवादी केन्द्रमा

२०७४,आश्विन,२६,बिहीवार ११:५९

0
Shares

देउखुरी, २६ असोज । फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।२०७० सालको संविधानसभाका चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीवारदेखि लागु हुने गरी माओवादी केन्द्रमा समाहित गरेको क्षेत्रीय अध्यक्ष आरडी यादवले जानकारी दिनुभयो । सो निर्वाचनमा चौधरीले चार हजार बढी मत ल्याउनुभएको छ ।यादवको अध्यक्षता एवं चौधरीको प्रमुख आतिथ्यमा बसेको क्षेत्रीय समितिको बैठकले पार्टी जनताको चाहनाअनुसार अघि बढ्न नसकेको, स्पष्ट नीति र योजनाविना राष्ट्रिय राजनीतिमा पहल लिन नसकेको र नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाउँदै माओवादी केन्द्रमा ध्रुवीकृत गर्ने निर्णय गरेको हो । उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातीय समुदायको प्रतिनिधित्व गर्ने विश्वासका साथ माओवादी केन्द्रको नीति विचारमा सहमति भएर त्यसमा ध्रुवीकृत हुने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।बैठककले ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन र जिल्लाका अन्य कमिटीसँग पनि ध्रुवीकरणका लागि पहल गर्न क्षेत्रीय आरडी यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । जसमा अतिउल्ला मनिहार, अनिल चौधरी, जानकी चौधरी र अयोध्याप्रसाद यादव सदस्य रहनुभएको छ । जिल्लाका अन्य कमिटी र व्यक्तिहरुसँग पनि ध्रुवीकरणका लागि छलफल चलिरहेकाले सबैलाई समेटेर चाँडै देउखुरीमा पार्टी ध्रुवीकरणको घोषणासभा गरिने संयोजक यादवले जानकारी दिनुभयो ।पार्टीको कमिटीले नै निर्णय गरेर ध्रुवीकरण प्रक्रियामा आउनु स्वागतयोग्य भन्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले नेता कार्यकर्ताको उचित ब्यवस्थापन हुने बताउनुभयो । जिल्लाका अन्य क्षेत्रमा पनि ध्रुवीकरणका लागि छलफल भइरहेकाले चाँडै संयुक्त घोषणासभा गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ११:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार