कांग्रेस महाधिवेशन : कैलालीमा ५ घण्टा ढिला गरि मतदान सुरु

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशनको मतदान सुरु भएको छ ।

बिहान ८ बजेका लागि निर्वाचन तोकिए पनि आन्तरिक विवादपछि झण्डै ५ घण्टापछि मतदान सुरु भएको हो ।

नयाँ नेतृत्वका लागि देउवा पक्षका दुईजना समूहसहित प्रतिस्पर्धामा उत्रिएका छन् । शेखर कोइराला पक्षले पनि सभापतिसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाको पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम पूरै टीमसहित प्रतिस्पर्धा गर्दै छन् । कोइराला समूहबाट रामबहादुर कलेलले सभापतमिा उम्मेदवारी दिएका छन् । तर संस्थापन पक्षकै भट्ट र बमबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस केन्द्रीय सदस्यहरूको साथ पाएका भट्ट पहिलो चरणमै निर्वाचन जित्ने रणनीतिमा छन् । दोस्रो चरणमा निर्वाचन हुने स्थिति भएमा कोइराला समूहले प्रकाश बमलाई सहयोग गर्न सक्ने र त्यसले पराजय व्यहोनुपर्ने भय भट्ट समूहलाई रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज विभिन्न ६ जिल्लामा अधिवेशन हुँदैछ । नियमित हुने भनिए पनि विभिन्न १६ जिल्लामा अधिवेशन हुन बाँकी रहेको थियो । तर अझै बाँकी १० जिल्लामा फागुन २० गतेसम्म सबै जिल्लामा निर्वाचन सक्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?