नक्सालमा एनआईसी बैंकको एटीएम फोर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१ नक्सालमा एनआईसी एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न लागेकाे अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न एटीएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?