काठमाडौं । आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोधलाई कायमै राख्ने भएको छ ।
विभिन्न मागसहित लामो समयदेखि संसद अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायम राख्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोकपथलाई जानकारी दिए ।
‘हाम्रो माग सम्बोधन नभएसम्म हाम्रो अवरोध कायमै रहन्छ । आजको बैठकमा पनि हाम्रो विरोध कामयै रहने कुरा जानकारी गराउँछु’, नेता नेम्वाङले लोकपथसँग भने ।
आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी अनुमोदनका लागि छलफल हुनेछ । तर एमालेले भने त्यसमा कुनै प्रतिक्रिया नदिने बुझिएको छ । नेता नेम्वाङले त्यसबारे सत्ता गठबन्धनको प्रस्तुतिलाई हेरेर अघि बढ्ने बताए ।
एमसीसीबारे के गर्नुहुन्छ ? भन्ने लोकपथको प्रश्नमा उनले संक्षिप्तमा भने ‘सत्तागठबन्धनले के गर्छ त्यसपछि हामी अघि बढ्छौँ’
एमाले छाडेर गएका १४ सांसदहरुको कारबाही र सभामुखको राजीनामा लगायत विभिन्न मागसहित एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध कायम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया