सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

लोकपथ
208
Shares

काठमाडौं । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँ घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?