काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता व्याख्यात्मक विश्लेषणसहित पास गर्न दिने निर्णयप्रति नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टी जनाएका छन् ।
आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक विश्लेषणसहित एमसीसी अनुमोदन गर्न दिने निर्णय गरेको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा लेख्दै राष्ट्रिय सभा सदस्य समेत रहेका नेता नारायणकाजी श्रेष्ठले त्यसबारे आफ्नो असहमति र आपत्ति रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले भनेका छन्, ‘५ दलीय गठबन्धनमा अध्यक्ष कड्ड प्रच्ण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ ।यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।’
आजको बैठकमा आफूसहित केही नेताहरुले त्यसको विरोध गरेको बताउँदै पार्टीको उक्त निर्णय महाधिवेशनको विरुद्धमा रहेको समेत नेता श्रेष्ठको भनाइ रहेको छ ।
‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं। यो महाधिवेशनको बिरुध्द छ र गलत छ ।’ उनले भनेका छन् ।
यता श्रेष्ठसहित अन्य नेताहरु भने उक्त निर्णयको विरोधमा लागेका छन् ।
एमसीसी व्याख्यात्मक विश्लेषणसहित पास गर्न दिने निर्णय गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागि हुन बालुवाटार पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया