दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

लोकपथ
147
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको छ। त्यसै अनुसार अहिले पनि सांसदहरू जाने क्रम चलिरहेको छ ।

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् ।

संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?