एमसीसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

लोकपथ
126
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको एक नेताले जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको स्रोतले जनाएको छर ।

यथास्थितीमा एमसीसीको विपक्षमा देखिएको माओवादी केन्द्र व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने पक्षमा देखिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको बैठकले सो निर्णय गरेको हो ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी मुख्य एजेण्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?