काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न दिने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमालटारमा बसेको माओवादी केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
एमसीसीबारे माओवादी केन्द्रभित्र विवाद देखिएको छ । सोही विषयमा छलफल गर्न बिहानैदेखि प्रचण्ड निवासमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।
माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा एमसीसी कार्यसूचीमा परेको छ । गत फागुन ८ गते संसदमा एमसीसी टेबल भए पनि सत्तारुढ दलभित्रै एकमत नदेखिएपछि एमसीसीमा छलफल हुन सकेको थिएन । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारुढ दलको धारणा कुरेर बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया