कांग्रेस महाधिवेशन : कैलालीमा अझै हुन सकेन मतदान

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ मध्ये आज (आइतबार) ६ जिल्लामा अधिवेशन हुँदैछ ।

यसैक्रममा कैलालीमा बिहान ८ बजेका लागि निर्वाचनको मिति तोकिए पनि अझैसम्म मतदान सुरु हुन सकेको छैन । आन्तरिक तयारी नपुगेका कारण अझै निर्वाचन सुरु हुन नसकेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले लोकपथलाई जानकारी दिए ।

कैलालीमा हाल १० मतदान केन्द्र रहेका छन् भने जसमा २५ सय जनाले मतदान गर्नेछन् ।

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १६ जिल्लामा भने जिल्ला अधिवेशन हुन सकेको थिएन । त्यसमध्ये ६ जिल्लामा आज मतदान हुँदैछ ।

सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?