काठमाडाैं । नेपाली कांग्रेस कैलालीको मतदान स्थल सारिएको छ । कांग्रेस जिल्ला कार्य समितिले ओम प्यालेसमा मतदान स्थल बनाउने निर्णय गरेको थियो तर निर्वाचन समितिले कर्भड हलमा सारेको छ ।
कांग्रेसका जिल्ला सभापति र प्रदेश महामन्त्री नरनारायण शाहले मतदान स्थल सारिएको जानकारी दिएको छन् । उनले लेखेको फेसवूक स्टाटस अनुसार निर्वाचन समितिले दवावमा मतदान स्थल सारेको हो ।
विगतमा पनि ओम प्यालेसमै मतदान हुने गरेको थियो ।
ओम प्यालेस शाह परिवारको हो । शाह प्रकाश वमको पक्षमा लागेपछि अर्का सभापति नारायणदत्त भट्टको पक्षले मतदान स्थल सार्न दवाव दिएको काँग्रेस स्रोतले जनाएको छ । मतदान आज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया