“सेना दिवस २०७८” को अवसरमा आयोजित नेपाली सेना सम्बन्धी “बृहत प्रदर्शनी-२०७८” को प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।
“नेपाली सेना इतिहासदेखि वर्तमानसम्म” भन्ने थिममा आधारित प्रदर्शनी जंगी अड्डा परिसरमा फागुन १६ गतेसम्म संचालन हुनेछ ।
प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानलाई समेटेर विगतदेखि वर्तमानसम्म गरेका उल्लेखनीय कार्यहरु, नेपाली सेनाका ऐतिहासिक हातहतियार तथा उपकरणहरु, पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनालगायत विविध सामग्री तथा फोटोहरु आमजनमानसले अवलोकन गर्न पाउँनेछन् । आमजनमानस विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरुले नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले यस निःशुल्क बृहत प्रदर्शनीको आयोजना गरिएको सेनाको भनाइ छ ।
उपत्यका भित्रका विद्यालयहरुका विद्यार्थीहरु, आम नेपाली जनता, पर्यटक तथा अन्य विदेशी नागरिकहरुका लागि समेत खुला गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई सहज होस् भन्ने हेतुले नेपाली सेनाका विभिन्न हातहतियार तथा उपकरणहरु, पोशाकलगायत अन्य सामग्रीहरुको फरक फरक स्टल बनाई उक्त सामग्रीहरुका बारेमा अवलोकनकर्ताहरुलाई जानकारी गराउने व्यवस्था समेत मिलाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया