काठमाडौं । भारतीय महावाणिज्य दूतावासले तेस्रो ओपन हाउस फर कन्सुलर गुनासो को आयोजना गरेको छ । आजादी का अमृत महोत्सव मनाउने क्रममा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले आज वाणिज्य दूतावास परिसर भित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरेको हो ।

ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए।
कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु थियो । कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा उनको गुनासाहरु सम्बोधन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया