ओलीसँग भेटवार्ता अघि आन्तरिक छलफलमा कांग्रेस

लोकपथ
416
Shares

काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी उनीहरुबीच बालकोटमा भेटवार्ता हुन लागेको हो ।

ओलीसँगको भेटअघि नेपाली कांग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरुबीच छलफल हुँदैछ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु  सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?