धनगढी । नेपाली कांग्रेस कैलालीको सभापतिका लागि नारायण दत्त भट्टले उम्मेदवारी दिने घोषणा गरेका छन । भोली (फागुन १५) हुन लागेको जिल्लाको १४ औं अधिवेशनमा उनले सभापति पदका लागि पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गरे । सभापतिका आँकाक्षी भट्ट संस्थापन पक्षका हुन ।
संस्थापन पक्षकै अर्का आँकाक्षी हुन पार्टीका वर्तमान उपसभापति प्रकाश बम र भीम बडुवाल । केन्द्रमा संस्थापन पक्ष भएपनि जिल्लामा भने संस्थापनका तीन प्यानल हुने देखिएको छ । संस्थापन प्यानलकै तीन टीम बनेपछि कार्यकर्ताहरु पनि विभाजन भइरहेका छन ।
पार्टीका बर्तमान प्रदेश महामन्त्री नरनारायण शाह (मनु) ले जिल्ला सभापतिमा प्रकाश बमको प्यानललाई समर्थन गरेको जनाइएको छ भने पार्टीका केन्द्रीय सदस्यहरुको समर्थन भने भट्ट प्यानललाई रहेको छ । ‘सभापतिका आँकाक्षी भट्टको प्यानलनै आधिकारिक हो । हामी उहाँको नेतृत्वमै कार्यसमिति निर्माण गर्ने छु’ भट्टको सचिवालय उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने ‘यस टीममा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसहरूलाई समेटिने छ । कसैलाई पनि अन्याय हुने गरी टीम बनाइनेछैन ।’
भट्टलाई पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडमात्र नभई केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, रणबहादुर रावल, शुसिला मिश्र भट्ट, जीवन राना, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, मोहनसिंहको राठौर लगायतको सर्मथन रहेको छ ।
संस्थापन पक्षकै तीन प्यानल बनेपछि संस्थापन इतर समुहको प्यानललाई निर्वाचित गराउन आन्तरिक रुपमा रणनीति तयार गरिरहेको जनाइएको छ । ‘कैलाली जिल्लामा संस्थापन पक्षको बलियो उपस्थिति रहेको छ । उनीहरु एक भएमा इतर समुह विजयी हुने देखिदैन’ पार्टीका एक नेताले भने –‘अहिले तीन समुहमा विभाजन भए मत पनि बाँडिने देखिन्छ । तर इतर समुहको मत एक रुपमा आउँदा केही मतान्तरले इतर समुहलाई विजयी गराउन सकिन्छ ।’
संस्थापन इतरबाट नेता रामबहादुर कलेलको नाम टुङ्गो लगाई उनको नेतृत्वमा टीम खडा गर्ने तयारीमा रहेको छ । सोही अनुसार इतर समुहले विभिन्न चरणमा आन्तरिक छलफल जारी राखेको छ ।
जिल्लामा २०७४ सालको निर्वाचनमा पार्टीका सभापति शेरबहादुर देउवा पत्नी नेतृ डाक्टर आरजु राणा देउवा पराजित भएकी थिइन । अब हुने निर्वाचनमा आफनो वर्चश्व कायम राख्न नेृत आरजुले पार्टीको जिल्ला अधिवेशनमा बडो चासो राखेको एक नेताले बताए । सोही अनुसार उनले आफनो पक्षका व्यक्तिलाई जिल्ला सभापति बनाउन हष्तक्षेप गरिरहेको बताइन्छ ।
संस्थापन पक्षका सभापतिका आँकाक्षीहरु पछि हट्ने छाटकाट नदेखिएको जनाइएको छ । सभापतिका आँकाक्षी प्रकाश बमले भने –‘म पार्टीको उपसभापति भइसकेकोले पार्टीमा सभापतिको दाबी गर्नु स्वभाविक हो । म कुनै पनि हालतमा पछि हट्दैन । अबको सभापति म हुँ ।’
उनले आफनो नेतृत्वमै निर्वाचनका लागि टीमनै घोषणा गरि चुनाव लड्न तयार रहेको बताए । ‘मलाई सभापतिबाट पछि हटाउन विभिन्न पदको प्रलोभन देखाइरहेका छन । कहिले भुमि आयोगको अध्यक्ष बनाई दिन्छु । कलिहे राजदुत बनाईदिन्छु भन्दै सो पदबाट पछि हट्न दबाब आइरहेको छ’ उनले भने –‘म राजनीति गर्ने व्यक्ति हुँ । म पार्टीको राजनीतिभन्दा कुनै पनि पदका लागि पछि हट्ने छैन ।’
‘पार्टीमा मेरो ठुलो योग्दान रहेको छ । केन्द्रमा दुई समुह रहेपनि म उपसभापति रह“दा जिल्लामा कार्यकर्ताहरुमा प्यानल विभाजनको सोच हटाएको थिए । कांग्रेसलाई एक बनाउन जिल्लाभरीनै दौडधुप गरेको थिए’ उनले भने ‘अब आउने संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा कांग्रेसको बहुमत ल्याउन पनि मैले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
भट्ट प्यानलबाट सचिवमा केशव मिश्र र अमृत विसीको दावी रहेको छ भने बम प्यानलबाट भने नृप सुनार र कृष्ण पाण्डेको दावी छ ।
जिल्ला सभापतिका अर्का उम्मेदवार भीम बडुवालले पनि शेरबहादुर देउवाले सहयोगको बचन दिएको दाबी गरेका छन् । ‘पटक–पटक सभापतिबाट सहयोगको आश्वासन पाएको छु,’ बडुवालले भने, ‘कार्यकर्ताको साथले पहिलो चरणमै जित्ने विश्वास छ ।’ उनी पार्टीको १३ औं महाधिवेशनमा पनि सभापति पदमा दाबी गरेका थिए । तर, उनी सो समयमा पछि हटेका थिए । नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका बडुवाल पार्टी कार्यकर्ताको साथ र सहयोग रहेकाले आफु विजयी हुनेमा विश्वास व्यक्त गरे ।
आज मनोयन दर्ता :
भोली देखि हुन लागेको जिल्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको आज मनोनयन दर्ता प्रक्रिया अघि बढाइन लागेको छ । निर्वाचन समितिले आफ्नो निर्वाचन कार्यतालिका समेत प्रकाशित गरी प्रक्रिया अगाडी बढेको जनाएको छ । पटक–पटक निर्वाचनको मिति सार्दै आएको कैलाली अधिबेशन निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै अधिवेशन यस सयमा निश्चित प्राय हुने कार्यकर्ताहरुले विश्वास लिएका छन ।
निर्वाचन समितिले उम्मेदवारी दर्ता कार्य आज १० बजेदेखि भने पनि प्राविधिक कारणले सो प्रक्रिया १२ बजेदेखि अघि बढाइन लागेको जनाइएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता १२ बजेदेखि ३ बजेसम्मका लागि तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया