२० मङ्सिर २०८०, बुधबार

शिक्षाको नवौं संशोधन रोक्न विद्यार्थी नेताहरुले राष्ट्रपति गुहार्ने

२०७४,आश्विन,२६,बिहीवार ११:४१

0
Shares

 शिक्षा मन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने२६ असोज,काठमाडौं । लाखौं विद्यार्थीको भविष्य अन्धकार पार्ने भन्दै विभिन्न ९ विद्यार्थी संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी समक्ष गुहार माग्ने भएका छन्।मुलुकको ध्यान दशैं र मधेसको चुनावमा रहेको वेला संसदवाट छलछामपुर्ण ढंगले सो ऐन पारित भएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन्।आज अनेरास्ववियुको वागवजार स्थिति कार्यालयमा वसेको संयुक्त विद्यार्थी संगठनको वैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सो विधेयक अघि नवढाउन अनुरोध गरिने निर्णय गरेको छ।यसैगरी सिटिइभिटिमा मनपरि सम्वन्धन् दिएको, एकलौटी रुपमा शिक्षाको नवौं संशोधन अघि वढाएको ,काठमाडौं विश्वविद्यालयमा मेडिकल शुल्क मापदण्ड विपरीत लिंदा मुकदर्शक वनेको भन्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक रुपमा वहिष्कार गर्ने निर्णय समेत भएको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।यस्तै त्रिभुवन विश्वविद्यालयमा आमरण अनसनका भरमा करार हुँदै स्थायी गर्ने परिपाटी कुनै हालतमा अघि नवढाउन विश्वविद्यालय पदाधिकारीलाई ज्ञापनपत्र वुझाइने बस्नेतले जनाए।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ११:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार