काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटघाट भएको छ ।
शुक्रबार अपरान्ह गौतम प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमालटारमा पुगेका हुन् ।
भेटघाटमा वर्तमान राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजनाका विषयमा समेत छलफल भएको बुझिएको छ । एमसीसीका विषयमा प्रचण्ड आज दिनभर नै भेटघाटमा व्यस्त रहेका छन् ।
एमालेबाट राजीनामा दिएका गौतम नयाँ दल दर्ताको तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया