राप्रपा नेपालले टुंगो लगायो चार जिल्लाको नेतृत्व

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई गीव्रता दिएको हो ।

शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

यस्तै राप्रपा नेपालले बाँके जिल्ला संयोजक पनि तोकेको छ । दीपेन्द्र बहादुर सिंहको नेतृत्वमा बाँकेमा समिति गठन गरिएको हो । हुम्लाले पनि राप्रपा नेपालको नेतृत्व पाएको छ । हुम्ला संयोजकमा सुमन रावत चयन भएका छन् । र, पार्टीले चितवन जिल्ला संयोजकको जिम्मेवारी विष्णु खराललाई दिएको छ ।

अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति विस्तार गर्ने राप्रपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?