विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश १ ले पहाडी जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
परिषद्ले आज संखुवासभा जिल्ला स्थित चेवाबेँशीको भद्रकाली आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको प्रदेश सचिव विवश कटवालले जानकारी दिए ।
यस्तै परिषद्ले तेह्रथुम जिल्ला स्थित म्याङलुङ नगरपालिका – ३ को तेह्रथुम आधारभुत विद्यालयका ५४ जना विद्यार्थीहरूलाई न्यानो स्वीटर बितरण गरिएको उनले बताए ।

यस्तो दुर्गम क्षेत्रमा साना बालबालिका र विद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेकोमा भद्रकाली आधारभुत बिधालयका प्रचार्यले विद्यार्थी परिषद्ले गरेकोको मानविय कार्यको प्रंशसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
एक मात्र स्वतन्त्र विद्यार्थी संगठनको रुपमा ७७ वटै जिल्लामा काम गर्दे आईरहेको विद्यार्थी परिषद्ले २७ वर्ष देखि शिक्षा क्षेत्रमा उदारणिय कार्य गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया