बालुवाटारमा देउवा र प्रचण्डबीच वार्ता

लोकपथ
245
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

केहीबेरअघि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

भेटघाटमा देउवा र प्रचण्डबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए ।

सत्तारुढ दलभित्र एमसीसीका विषयमा एकमत बनाउनका लागि आज बोलाइएको प्रतिनिधि सभाको बैठकसमेत स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?