काठमाडौं । विराटनगर प्रदेश नं.१ मा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले विभिन्न चारवटा विषयमा निर्णयहरू गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिका छन् ।
उनका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया