काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ७५ जना कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ८ हजार ६ सय २८ जनाको परीक्षण गर्दा सो संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा करोना संक्रमणबाट ११ हजार ९३२ जनाको मृत्यु भएको छ ।
हाल संक्रिय संक्रमितको संख्या ९ हजार २८० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया