काठमाडौं । नयाँ तथा पुराना पुस्ताका कलाकारले अभिनय गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को छायांकन सकिएको धेरै समय भएको छैन । छायांकन सकिनासाथ फिल्म युनिटले प्रचार पनि थालेको छ ।
आउँदो भदौमा रिलिज गर्ने लक्ष्य लिएको फिल्म टिमले प्रचारमा नयाँ शैली अपनाउँदै 'फेशन शो' सम्पन्न गरेको छ ।
पाकिस्तानी फिल्म समेत खेलेका अभिनेता शिव श्रेष्ठ मुख्य आकर्षणका रुपमा रहेका ‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शो मा दुई दर्जनभन्दा बढी मोडलहरु पनि –याम्पमा उत्रिएका थिए ।
इभेन्टलाई ‘प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ नाम दिइएको थियो । इभेन्टमा शिव श्रेष्ठको आगमन हुँदा सिठ्ठी र तालीले उनलाई स्वागत गरिएको थियो ।

उक्त शोमा चर्चामा कलाकारको उपस्थिति नभएपनि नरेन खड्का, देखा फागो, विष्णु चेमजोङ, बाल कलाकार संवेग दर्शनधारी लगायतले फिल्म युनिटका तर्फबाट प्रस्तुति दिएका थिए त्यस्तै गायक विश्व नेपाली, अस्मिता परियार, विष्णु चेमजोङ, प्रज्वल लगायतले उपस्थित गेस्टलाई गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रचारमा उत्रिसकेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा प्रियंका कार्की, आयुष्मान जोशी, वर्षा राउत, शक्ति श्रेष्ठ, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको कथा शिव श्रेष्ठले लेखेका हुन् भने निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई छन् । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया