बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

लोकपथ
650
Shares

काठमाडौं । ७० लाख रुपैयाँ जरिवाना तोकिएका बैकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नवलपरासी (पूर्व) बिनही त्रिवेणी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका ११ सुन्धारा बस्ने बर्ष ४९ बर्षिय सुन्दर प्रसाद पंगेनीलाई बैकिङ कसुर मुद्धामा पक्राउ गरिएको हो ।

पंगेनीले काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिन्न प्रलोभन देखाई ७० लाख रुपैयाँ लगेको, उनले पटक पटक आलटाल गरी जग्गा पास नगरी सो बापत ७० लाखको चेक दिएकोमा सटहीको लागि बैंकमा पेस गर्दा पर्याप्त रकम नरहेकोले बैंकले चेक बाउन्स गरेको थियो ।

सो पश्चात पीडितले बैंकिङ कसूर मुद्धामा महानगरीय प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त २०७८ पुस २६ गते दर्ता भई अनुसन्धान गरिएकोमा पंगेनीलाई नवलपरासी (पूर्व) बिनही त्रिवेणी गाउँपालिका वडा नं १ दुम्किबासबाट पक्राउ गरिएको परिसरको भनाई छ ।

पक्राउ परेका पंगेनी उपर बैकिङ कसूर तथा सजाय ऐन, २०७४ को मुद्धामा उच्च अदालत पाटनबाट दिन–५ को म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाण्डौबाट अनुसन्धान भई रहेको परिसरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?