सकेसम्म गठबन्धन जोगाउने अन्तिम कसरतमा माओवादी केन्द्र

लोकपथ
287
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई जोगाउन आन्तिम कोसिस गर्ने भएको छ ।

आज बसेको माओवादी केन्द्रको माओवादी केन्द्रका शीर्ष नेताहरुबीचको छलफलले सो निर्णय गरेको हो ।

प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा थप छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व स्थायी कमिटीका सदस्यसहितका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । सो छलफलले पार्टीले एमसीसीका विषयमा राख्दै आइरहेको सैद्धान्तिक धारणाहरुसहित गठबन्धन जोगाउने अन्तिम कोसिस गर्ने निर्णय भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

‘अध्यक्ष कमरेड प्रचण्डले बोलाउनु भएको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकियो।
एमसीसीबारे पार्टीको पुर्ववत सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो।’ उनले भनिन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले भने सरकारले अघि सारेको प्रस्तावका विषयमा माओवादी केन्द्रले सहयोग गर्न वा सरकार छाड्न आग्रह गर्दै आएको थियो । यसअघि बिहीबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित विपक्षी दलका नेता केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए । गत फागुन ८ गते संसदमा एमसीसी टेबल हुँदा त्यसको विपक्षमा उभिएको माओवादी केन्द्र एमसीसीको पक्षमा उभिने वा सरकार छाड्ने भन्नेमा दोधार देखिएको छ । यसअघि एमसीसीमा मतदान पनि नगर्ने र सरकार पनि नछाड्ने अडानमा रहेको माओवादी केन्द्रलाई अन्य दलको दबाबपछि सरकारबाट बाहिरिने समेत तयारी गरेको थियो ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने प्रतिपक्षी दलहरुसँग मिलेर भए पनि एमसीसी पास गर्ने पक्षमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?