फागुन १५ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
2k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो बजेका लागि बोलाइएको बैठक आवश्यक गृहकार्य नपुगेको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका विषयमा छलफल हुने बताइएको थियो । गत आइतबार संसदमा टेबल भएपनि त्यसबारे दलहरुबीच सहमति हुन नसकेको भन्दै १५ गतेसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालय स्रोतले दिएको जानकारी अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?