अनुमानको भरमा बाटो काट्दै सर्वसाधारण (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सहजै हिँड्न सक्ने वातावरण छैन । गाडीको जाम र जाम खुल्नासाथ हुँइकिने सवारीले गर्दा सर्वसाधारणले बाटो काट्दा ज्यान समेत गुमाउनुपर्ने अवस्था छ ।

सर्वसाधारणका लागि बाटो काट्न बनाइएका जेब्रा क्रसिङमै सवारी साधनले ठक्कर दिएर ज्यान गएका समाचार अब नौला लाग्न छोडिसके । त्यसो त जनता आफैले पनि अव्यवस्थित रुपमा बाटो काट्ने, आकाशे पुलको प्रयोग नगर्ने जस्ता लापरवाही गरिरहेका हुन्छन् ।

…..तर जो जेब्रा क्रसिङबाट बाटो काट्न चाहन्छन्, उनीहरुलाई पनि जेब्रा क्रसिङबाट बाटो काट्न उत्तिकै गाह्रो छ । अन्य स्थानमा त भइहाले, काठमाडौंको मुख्य क्षेत्र भनिने सुन्धारा, न्यूरोड, भृकुटीमण्डप, रत्नपार्क लगायतका स्थानमा पनि जेब्रा क्रसिङ मेटिँदै गएका छन् । तर राज्यले यसमा खासै महत्त्व दिएको छैन ।

तर जो जेब्रा क्रसिङबाट बाटो काट्न चाहन्छन्, उनीहरुलाई पनि जेब्रा क्रसिङबाट बाटो काट्न उत्तिकै गाह्रो छ । अन्य स्थानमा त भइहाले, काठमाडौंको मुख्य क्षेत्र भनिने सुन्धारा, न्यूरोड, भृकुटीमण्डप, रत्नपार्क लगायतका स्थानमा पनि जेब्रा क्रसिङ मेटिँदै गएका छन् । तर राज्यले यसमा खासै महत्त्व दिएको छैन ।

धेरैजसो स्थानहरुमा आवश्यक ठाउँमा जेब्रा क्रसिङ नै बनाइएको छैन । जेब्रा क्रसिङ बनाएको अधिकांश ठाउँमा मेट्टिएर त्यसको अस्तित्व नै बाँकी छैन ।

व्यस्त सडक, सवारी साधनको टीटीटी हर्न आकाशे पुलको अभाव तर बिडम्बना जेब्रा क्रसिङ छैन देशको राजधानीमा । न त आवश्यक स्थानमा आकाशे पुल छ न त जेब्रा क्रसिङ नै  । त्यसैले सडक वारपार गर्नकै लागि निक्कै सास्ती छ, काठमाडौँमा । 

केही समय अघि महानगरीय ट्राफिक प्रहरीले राजधानीमा ट्राफिक व्यवस्था सुदृढीकरण गर्ने हेतुले जेब्रा क्रसिङ बनाउने लगायत विभिन्न योजना पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

यो मात्रै होइन, केही समय अगाडि जेब्रा क्रसिङबाट बाटो नकाट्नेलाई २ सयदेखि १००० रुपैयाँसम्म जरिवाना गर्ने नियम बनाएका निकाय पनि यतिबेला मौन छन् ।

त्यसैले यतिबेला धेरैको एउटै प्रश्न छ –  जेब्राक्रसिङबाट रोड क्रस नगर्नेले जरिवाना तिर्नु पर्ने नियम चाहिँ बनाउने अनि जेब्राक्रसिङ चाहिँ नबनाउने ?
हामीबाट पैसा मात्र लुट्ने कि आफ्नो कर्तव्य पनि पूरा गर्ने ?

लोकपथको लेन्सबाट यस्ता देखिए राजधानीका केही मूख्य ठाउँमा अस्तित्वविहीन हुन लागेका जेब्राक्रसिङहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?