काठमाडौं। चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले नेपाल र एमएमसीलाई जोडेर गरेको ट्वीटप्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अभियानका अध्यक्ष विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ सहायक विदेशमन्त्री छुनयिङले गरेको उक्त ट्वीटप्रति आपत्ति जनाएका हुन् ।
नेपाल र अमेरिकाबीच कुन शर्तमा कस्तो खालको सहयोग आदानप्रदान हुने अथवा नहुने यो दुई देशबीचको नितान्त द्विपक्षीय मामिला रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष यादवले भने, ‘नेपाल र अमेरिका बीचको सम्बन्धमा खलल पुर्याउने खालको चिनियाँ सहायक विदेशमन्त्री छुनयिङले गरेकी हुन्, उनलाई नेपाल र अमेरिकाबीच हुने कुनै पनि सम्झौतामा बोल्ने अधिकार छैन ।’
उनले नेपाल र अमेरिकाबीच हुने कुनै पनि सम्झौतामा तेस्रो कुनै मुलुकलाई बोल्ने अधिकार नभएको बताए ।
उनले भने, ‘यस विषयमा तेस्रो कुनै मुलुकद्वारा गरिएको टिप्पणी अशोभनीय हो। मित्र राष्ट्र चीनलाई नेपालको अन्य मुलकसँग हुने समबन्धमा दरार पैदा नगर्न अभियानको आग्रह छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया