एमसीसीको विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

आज बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा एमसीसीलगायत पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ । जसपाका कार्यकारिणी सदस्य रामनरेश राय यादवले भने सम्भवतः आज एमसीसीको विषयमा मात्र छलफल हुनेछ । एक बजेदेखि संसदको बैठक छ, त्यसअघि नै एमसीसीको विषयमा पार्टीले धारणा तय गर्नुपर्ने हुन्छ ।

पार्टीमा एमसीसीका विषयमा फरकमतहरु आइरहेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् भने सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव विपक्षमा छन् । यद्यपी एमसीसीको बारेमा उपेन्द्र यादवको औपचारिक धारणा बाहिर आएको छैन । अध्यक्ष भट्टराईले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसीमा जसपाको पनि समर्थन रहने जानकारी गराई सकेका छन् । उनले जसपाका अधिकाँश सांसद एमसीसीको पक्षमा रहेको जानकारी प्रधानमन्त्री देउवालाई गराई सकेका छन् ।

जसपाका संसदमा मात्र होइन, कार्यकारिणी समितिमा पनि एमसीसी पक्षधरको बहुमत रहेको छ । बैठकको सुरुमा एमसीसीको विषयमा छलफल हुने समय रहेमा अन्य विषयमा प्रवेश गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?