काठमाडौं । बहुजन शक्ति पार्टी नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट विश्वेन्द्र पासवान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तीन दिनसम्म चलेको अधिवशेनपछि आज भएको निर्वाचन कार्यक्रमअनुसार पासवास निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नेतृत्वका लागि लामो छलफलपछि अधिवेशनले २५१ सदस्य केन्द्र समिती घोषणा गरेको सो पार्टको भनाइ छ । जसको उपाध्यक्षमा राम सुभग हरिजन, संजय कुशवाहा, महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुक लाल नेपाली चयन भएका छन् ।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित बहादुरगन्जमा आयोजित उद्घाटन सत्रपछि भैरहवामा पार्टीको बन्दसन्त्र चलेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया