चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

लोकपथ
210
Shares

काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिँदा
एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?