आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
77
Shares

१. एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमै रहिरहने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा अस्वीकार, सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने देउवाको भनाइ ।

२. आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने, कार्यसूचीमा एमसीसी ।

३. संसद् भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता, एमसीसीको विषयमा छलफल ।

४. एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको चेतावनी, सरकारमा रहँदाको मर्यादा पालना गर्न आग्रह ।

५. एमसीसीको पक्षमा उभिएपछि आफ्नै पार्टीका कार्यकर्ताद्वारा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग, पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लाग्न नमिल्ने भनाइ ।

६. अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने नेकपा एमालेका सचिव योगेश भट्टराईको आरोप, गठबन्धन छिटो भत्किनुपर्ने तर्क ।

७. आवश्यकताबमोजिम सडकमा आन्दोलन चर्किने एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालको भनाइ, एमसीसीमा मिल्ने सम्भावना नरहेको प्रतिक्रिया ।

८. १२ दिनपछि बल्ल उठ्यो काठमाडौं उपत्यकाको फोहर, आन्दोलित स्थानीय र सरोकारवालाबीचको छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति ।

९. सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो, चीनबाट मात्रै ७६ करोड ३० लाख रुपैयाँबराबरको मास्क नेपाल आयात ।

१०. देशभर पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ७ सय ४३ परीक्षणमा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ६२ जना संक्रमणमुक्त, एक जनाको मृत्यु ।

११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घट्दा ४ अर्ब २९ करोड रुपैयाँबराबरको कारोबार ।

१२. रुसी सेनाले गरेको बम आक्रमणमा ४० युक्रेनी सैनिक र १० जना सर्वसाधारणको मृत्यु भएको युक्रेनको दाबी, दर्जनौँ घाइते, १९ युक्रेनी बेपत्ता ।

१३. रुस र युक्रेनबीचको द्वन्दले अन्तर्राष्ट्रिय बजारमा प्रभाव, कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर नाघ्यो ।

१४. एसियन फुटबल कन्फेडेरेसनले ग¥यो एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको ड्र सार्वजनिक, नेपाल समूह ‘ए’ मा ।

१५. र, नेपाल पुलिस क्लबले चुम्यो लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फको उपाधि, रोयल बास्केटबल एकेडेमी ५२९४९ सेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?