१४ मङ्सिर २०८०, बिहीवार

महिला गणितज्ञको सम्मेलन शुरु

२०७४,आश्विन,२६,बिहीवार ०९:३७

0
Shares

काठमाडौँ, २६ असोज ।एशियाली मुलुकका महिला गणितज्ञको सम्मेलन कीर्तिपुरस्थित केन्द्रीय गणित विभागमा आजदेखि शुरु भएको छ ।वुमन अफ नेपाल इन म्याथमेटिकल साइन्सले आयोजना गरेको यस सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न १२ मुलुकका ६० जना सहभागीले ३९ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलन यही असोज २९ गतेसम्म चल्नेछ ।सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले राजनीति, न्याय सेवा र अर्थ क्षेत्रमा जस्तै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि महिलाको नेतृत्व विकास गर्न आवश्यक भएको बताइन ।त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी, केन्द्रीय गणित विभागका प्रमुख डा केदारनाथ उप्रेती, पद्मकन्या क्याम्पसका प्रा धनकुमारी थापा, महेन्द्ररत्न क्याम्पसका अध्यापक तारा पौडेल, डा निलम सुवेदीलगायतले सम्मेलनबाट प्राप्त हुने सुझावलाई सरकारको नीति तथा योजना निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए । प्रारम्भिक तहदेखि छोरीलाई गणित शिक्षामा प्रेरित गर्नुपर्ने उनीहरुको धारणा थियो ।कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रा डा शान्ति बज्राचार्यले सहभागी राष्ट्रका महिलाको शिक्षामा पहुँच तथा गणित अध्ययनमा उनीहरुको अवस्थाकाबारे सम्मेलनमा अनुभव आदान–प्रदान गरिने जानकारी गराइन

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८