क-कसले पाए राप्रपामा विभिन्न विभागको जिम्मेवारी ?

लोकपथ
858
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरूलाई विभागको प्रमुख पदमा मनोनयन गरेका छन् । लिङ्देनले बिहीबार विभिन्न नेताहरूलाई विभिन्न विभागको जिम्मेवारी दिएका हुन् ।

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभागको जिम्मेवारी दिइएको छ । प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् । अर्का प्रवक्ता गोपाल दाहालले सम्पर्क समाज समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेत खेलकुद विभाग प्रमुख बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?