नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ स्थित महामाया स्कुलमा विद्यार्थी तथा शिक्षकको निशुल्क आँखा परीक्षण गरिएको छ ।
निरन्जना भिलेज सोसाइटी नेपालको आयोजनामा बुधबार ३२७ जना स्कुल विद्यार्थी र शिक्षकलाई निशुल्क आँखा परीक्षण गरि ४२ जनालाई चस्मा वितरण गरिएको छ ।

उक्त कार्यक्रममा नगरपालिका भित्रका अन्य विद्यालयको पनि सहभागिता रहेको थियो । सो क्रममा सितासिला आधारभूत विद्यालय, महादेव आधारभूत र करुणकर आधारभूत विद्यालयका विद्यार्थीहरुको समेत सहभागि भइ सेवा लिएका थिए। त्यसैगरी बिहीबार नगरपालिकाका विभिन्न स्थानहरुबाट ११५ जना सर्वसाधारणको आँखा परीक्षण गरि आवश्यक औषधि समेत वितरण गरिएको निरन्जना भिलेज सोसाइटी सोसाइटीका अध्यक्ष प्रल्हाद थपलियाले जानकारी दिए ।

उनका अनुसार आजको आँखा शिविरमा सहभागी भई आँखा परीक्षण गराएका मध्ये ९ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ । मोतियाबिन्दु देखिएका नागरिकहरुको आँखा ५ हजार रुपैयाँमा दृष्टि आँखा अस्पताल कलंकीले शल्यक्रिया गरिदिने उनको भनाइ रहेको छ ।
त्यस्तै विद्यार्थी र शिक्षकको हकमा भने शल्यक्रिया र निशुल्क चस्मा वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया