ट्रेड युनियन कांग्रेसले नुवाकोटका सवै स्थानीय तहमा संगठन विस्तार गर्दै

बिदुर : नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहमा संगठन बिस्तार गर्ने भएको छ  । युनियनको कार्यालय बिदुरमा शनिवार बसेको बैठकले स्थानीय पार्टी ईकाई संग समेत समन्वय गरेर संगठनको बिधान अनुसार सबै स्थानीय तहमा ईकाई गठन गर्न प्रतिनिधीहरु खटाएको हो ।

बैठकले शिवपुरी गाउँपालिकामा रामबहादुर थापा, ककनीमा शिव देबकोटा, लिखुमा कल्याणभक्त पाण्डे, बेलकोटगढीमा जनार्दन सिलवाल, तारकेश्वरमा मञ्जु प्रधान, म्यागङ्मा सुनील श्रेष्ठ, किस्पाङमा पूर्णबहादुर थापा, बिदुरमा मछिन्द्र खड्का, सूर्यगढीमा केदार रिमाल, तादीमा सिताराम भण्डारी, पंचकन्यामा रबिन थापा र दुप्चेश्वरमा किरण अधिकारीलाई प्रतिनिधिका रुपमा खटाएको छ । 

यसैगरी बैठकले सबै स्थानीय तहमा बालश्रम नियन्त्रण संबन्धि कार्यक्रम संचालन समेत गर्ने भएको छ । बैठकले जिल्लालाई बालश्रम रहित जिल्लाको रुपमा रुपान्तरण गर्न सबै स्थानीय तहमा अभिमुखीकरण  र प्रचारप्रसार कार्यक्रम संचालन गर्ने निर्णय गरेको सचिव मछिन्द्र खड्काले जानकारी दिए । युनियनले बिगत तीनबर्ष अघिदेखि जिल्लामा बालश्रम नियन्त्रण संबन्धि कार्यक्रम संचालन गर्दे आएको छ । 

युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ६ गते बीपी स्मृती दिवसको अवसरमा युनियनको केन्द्रीय महाधिबेशन र प्रदेश नम्वर ३ को अधिबेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सम्मानमा बिशेष कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको सचिव खड्काले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?