चर्चामा एमसीसी : सकियो देउवा र ओलीबीचको छलफल, साँझ पुन: वार्ता हुने

लोकपथ
338
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच एमसीसी सम्झौता र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यता सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?