काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजारमा झरेको छ । हाल नेपालमा ९ हजार ६ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । देशभर ७ हजार ७ सय ४३ जनाको परीक्षण गर्दा १५१ जनाको पीसीआर र १६७ जनाको एन्टीजेन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५६२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९ सय ३ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया