भोलिको प्रतिनिधि सभा : कार्यसूचीमा पर्‍यो एमसीसी (सूचनासहित)

लोकपथ
3.2k
Shares

काठमाडौं । भोलि (शुक्रबार) प्रतिनिधिसभाको बैठक बस्दैछ ।

भोलिको बैठकका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीको दोस्रो नम्बरमा परेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै भोलिको कार्यसूचीको जानकारी गराएका हुन् ।

पहिलो नम्बरमा प्रधानमन्त्रीको तर्फबाट ‘‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन , आर्थिक वर्ष २०७७र७८’’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी दोस्रो बुँदामा भनिएको छ, ‘माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ‘‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत हुने ।’
गत आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता संसदमा पेस भएको थियो ।

आजका लागि बैठक बोलाइए पनि सरकारकै सिफारिसमा बैठक भोलिसम्मका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?