१३ चैत्र २०७९, सोमवार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

२०७४,आश्विन,२६,बिहीवार ०९:२३

0
Shares

बनियानी, झापा, २६ असोज ।वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै दलालले रकम ठगी गरेपछि एक परिवारको बिचल्ली भएको छ ।आफ्ना पति ओमनारायण राजवंशीलाई वैदेशिक राजगारीमा पठाइदिने भन्दै दलालले रु दुई लाख ८० हजार ठगी गरेपछि बिचल्ली भएको गौरीगञ्ज गाउँपालिका–१ की बबिता राजवंशीले बताइन । झापा पृथ्वीनगरका रोशन खतिवडाले आजाद भिसामा साउदी अरब पठाइदिने प्र्रलोभन देखाएर उक्त रकम लिएको बबिताले बताइन ।“राम्रो कम्पनीमा काम लगाइदिने भनेपछि दुई कट्ठा जग्गा धितो राखेर ऋण लिएका थियौँ”, पीडित बबिताले रासससँग भनीन, “न विदेश पठायो न पैसा नै फिर्ता गरेको छ, धितो राखेको जग्गा पनि लिलाम हुन लागेको छ ।” ऋणका कारण आफूहरुलाई ठूलो आर्थिक संकट आइपरेको उनले सुनाइन ।राजवंशी परिवारले रकम फिर्ता गराइदिन भन्दै निवेदन दिएको छ । बिर्तामोडमा मेनपावरको एजेण्टका रुपमा काम गर्दै आएका खतिवडा हाल दुबईमा रहेको बताइएको छ । उनकी श्रीमती रिमा श्रेष्ठ खतिवडाले पैसा तिर्न प्रयास गरिरहेको बताइन ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०९:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६