सेनाका मेजर लागुअाैषध ‘ब्राउन सुगर’ सहित समातिए

 बाँके : नेपाली सेनाका मेजर धीरेन्द्रजंग शाहीलार्इ लागुअाैषध 'ब्राउन सुगर'सहित नेपाल प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको ढकेरीमा पक्राउ परेका शाहीबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

मेजर शाहीसँगै लागुअाैषध कारोबारी रिम पाैडेललार्इ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका शाही श्रीमेयर गण सम्सेरगञ्जमा कार्यरत थिए ।

ब्राउन सुगर खरिद गर्न गएका बेला गोप्य सूचनाका अाधारमा प्रहरी टोलीले ढकेरीमा छापा मारेको थियो । 

शाहीले अहिलेसम्म परिचय खुल्ने कागजात भने देखाएका छैनन् । 

पक्राउ परेका दुवै जनालार्इ बाँके प्रहरीको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?