संसद भवनभित्रै देउवा र ओलीबीच वार्ता, छलफलको एजेण्डा एमसीसी

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै देउवा र ओलीबीच संसद भवनभित्रै बैठक बसेको हो ।

बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा सहभागि रहेका छन् । भने एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागि रहेका छन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता ओलीबीच छलफल भएको छ । ओलीले सरकारले आफूहरुले राखेका मागहरु पूरा गरेमा एमसीसीका विषयमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?