सरकारको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

लोकपथ
4k
Shares

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बज्न लाग्दा समेत सुरु हुन सकेको थिएन । त्यसो त सरकारकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

गत फागुन ८ गते आइतबार प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल भएको छ । आजको बैठकबाट दफाबार छलफल गर्ने तयारी गरिएको थियो । तर सत्तारुढ गठबन्धनका अन्य दलहरुले साथ नदिँदा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएका छन् ।

आज बैठक स्थगित गरेर थप छलफल गर्न लागिएको स्रोतले जनाएको छ । यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले एमसीसीका विषयमा छलफल गरेका थिए ।

त्यस्तै प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

‘सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित । अर्को बैठक भोलि १ बजे। सचिवालयले सूचना जारी गर्दै छ।’ संसद सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?