साढे ३३ केजी सुन प्रकरण : व्यवसायी सञ्जय खेतान पक्राउ

काठमाडौँ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या काण्डको आरोपमा व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन् । 

अनुसन्धानमा संलग्न समितीले ललितपुरको लबिम मलमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका रेष्टुरेण्ट ब्यवसायी अकवर शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पोदारको बयानका आधारमा सुन तस्करीबारे छानविन गर्न गठित समितीले व्यवसायी सञ्जय खेतानलाई नियन्त्रणमा लिएको हो । 

छानविन समिती स्रोतका अनुसार सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा थिए ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समितिसमक्ष बयान दिएका छन् ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघी छिरीङसँग मिलेर अबैध सुनको कारोवार गरेको बयान दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?