प्रतिनिधि सभा कार्यव्यव्यस्था परामर्श समितिको बैठक जारी

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको छ ।

केहीबेर संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक बसेको हो । आज बस्ने प्रतिनिधि सभाको र्बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल हुनेछ ।

त्यसअनुसार समितिको बैठकले प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने विषयमा छलफल हुने बताइएको ।

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यव्यस्था परामर्श समितिको बैठक बसिरहेको छ ।’ संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?