काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
बिहीबार बिहान गठबन्धनमा आवद्ध अन्य दलका नेताहरुसँग छलफलपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
यसअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित जनता समाजवादीका नेताहरुसँग समेत भेटघाट गरेका थिए ।
आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल हुँदैछ । यसअघि आइतबार बसेको बैठकमा एमसीसी टेबल भएको छ ।
प्रधानमन्त्री देउवा एमसीसीलाई छिटो भन्दा छिटो पास गर्ने पक्षमा देखिएका छन् । भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसलाई व्यापक छलफलपछि मात्र पास गर्नुपर्ने अडान राख्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया